arrow

कोरोना परीक्षणका लागि चीनबाट किट आइपुग्यो

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
covid-test-corona.jpg

काठमाडौं । कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट सोमबार काठमाडौँ आइपुगेको छ ।

हिमालयन एयरलाइन्सले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिलाई जिम्मा दिएको थियो । 

यही वैशाख १८ गते सामान आयातका लागि आवश्यक सहजीकरण गरिदिन भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । 

उक्त किट आयातका लागि यही वैशाख १७ गते सम्झौता भएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोना परीक्षणका लागि आवश्यक किट आइपुगेको जानकारी दिए । 

उनले भने “ सामान आइपुगेको छ, भन्सार लगायतका प्रक्रिया पूरा गर्न सोमबार नभ्याएका कारण मंगलबार सो कार्य सम्पन्न गरी आवश्यक स्थानमा पु¥याइनेछ ।” 

सम्झौतामा तोकिएको समयभन्दा अगावै  ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो । सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको हो । 

प्राप्त विवरणअनुसार ती किट प्रति थान रु ५६५ मा ल्याइएको हो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले आयात गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ