गरिब, दुखीहरुलाई ३५ दिन देखि खाना खुवाइरहेछन मिनकृष्ण, उदय र ऋषिरामको साथ
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
596
Shares
ललितपुर। राष्ट्रिय खेलुकुद परिषद पुर्ब कोषाध्यक्ष मिनकृष्ण महर्जनले दैनिक ज्याला मजदुरी गर्दै आएका र महालक्ष्मी मन्दिर एवं बटुक भैरब मन्दिर वरिपरि मागेर गुजारा गर्नेहरुलाई खाना खुवाउन थालेको ३५ दिन भएको छ।
करातेका पूर्ब अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका लगनखेल डोजो संरक्षक महर्जनले लगनखेल डोजोमा लकडाउनको केहि दिनपछि दैनिक खाना खुवाउन शुरु गरेका थिए। अहिले दैनिक ५० जनाको आसपासमा खना खानेहरु हुने गरेको महर्जनले बताए।
महर्जनले चलाएको यो अभियानलाई कांग्रेस नेता पूर्ब अर्थ राज्यमन्त्री उदय शम्सेर राणा र अर्का नेता ऋषिराम घिमिरेले साथ दिएका छन्। उनीहरुले ५ दिन सम्म मासुभात पुग्ने रकम उपलब्ध गराएका छन्।
राणा गएको प्रतिनिधि सभा निर्बाचनमा र महर्जन एवं घिमिरे प्रदेश सभा निर्बाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहेका थिए।
महर्जनको यो अभियानमा कराते प्रशिक्षक ध्रुब खनाल, लगनखेल डोजो प्रमुख प्रशिक्षक एबम किक बक्सिङका पुर्ब राष्ट्रिय च्याम्पियन बिनोद महर्जन, इन्जिनियर शैलेश श्रेष्ठ, विद्यार्थी संघ ललितपुर जिल्ला अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धब दाहाल, सचिब दिपक घिमिरे, तरुण दल क्षेत्रीय सदस्य सरोज कायस्थ, तरुण दल सह सचिब रामकृष्ण घिमिरे, जिल्ला सदस्य द्वारिका श्रेष्ठ लगाएतले प्रत्यक्ष रुपमा दैनिक खाना पकाएर खुवाउने कार्य गर्दै आइरहेका छन्।
महर्जन दुखी गरिबहरुको सेवामा बर्षौदेखि सक्रिय रहेको बागमती गाउँपालिकाका प्रबक्ता तथा वडा अध्यक्ष बिष्णु तिमल्सिनाले बताए।