arrow

पूर्वमन्त्री बाँस्कोटा र सांसद आलेलाई कार्बाही गर्न डोटीका पत्रकारहरुको माग

सांसद आलेको सिफारिसमा तोकेरै पत्रकार हटाई गरेका थिए बाँस्कोटाले कार्यकर्ताको नियुक्ती

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
prem-ale-recommenation-radi.gif

डोटी। पूर्व सूचना, प्रबिधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र सांसद प्रेमबहादुर आलेमगरलाई कार्बाही गर्न डोटीका पत्रकारहरुले माग गरेका छन्। 

डोटीका नेपाल पत्रकार महासंघ र नेपाल प्र‍ेस युनियनले छुट्टाछुट्टै विज्ञप्ती निकाली बास्कोटा र आलेलाई कार्वाही गर्न सरकारसँग माग गरेका हुन्।

२०७६ भदौ २ गते रेडियो नेपाल प्रदेश प्रशारण कार्यालय दिपायलबाट तीनजना सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवर निष्काशन गरिएको थियो । सोही प्रकरणमा केहीदिनअघि सांसद आलेको २०७६ साउन २८ गतेको निवेदन र मन्त्री बास्कोटाको तोकमा उनीहरुलाई हटाउने प्रशंग उल्लेख भएको पत्र सार्वजनिक भएको थियो ।

सोही पत्रका विषयमा महासंघका अध्यक्ष योगेन्द्र बलायर र युनियनका सचिव पवन महराद्वारा हस्ताक्षरित विज्ञप्तीमा गैह्रजिम्मेवार कर्तुतमा सहभागि सांसद र पूर्व मन्त्रीलाई पनि कडाभन्दा कडा कार्बाही गर्न सरकारसँग माग गरिएको छ।  

विज्ञप्तिमा श्रमजिवीको श्रमसुरक्षामा सरकारबाटै गम्भिर संकट पैदा भएको उल्लेख छ । सरकार आफै श्रमजिवीको रोजीरोटीको ग्यारेन्टी गर्नुपर्ने र पेशागत सुरक्षा गर्ने दायित्वबाट विमुख भई उल्टै रोजगारी खोस्न तल्लीन भएको घटनाक्रमले पुष्टी भएको विज्ञप्तिमा जनाइएको छ ।

अलोकतान्त्रिक, संविधानविरोधी, कर्तुतको सिकार भएका सञ्चारकर्मीहरुको तत्काल पुनर्वहाली गर्न सम्बन्धित पक्षसंग दुई संस्थाले माग गरेका छन्।

सांसद आलेको निवेदनमा तीनजना पत्रकारहरु लोकेश अधिकारी, नवराज जोशी र दीर्घ खत्रीलाइ नियूक्त गर्ने र चारजना पत्रकारहरु प्रकाश बम, सुनिता रावल, चक्र कुँवर र अरूण बमलाई हटाउने कुरा उल्लेख छ। सोही निवेदनमा तत्कालिन मन्त्री बाँस्कोटाले तोक लगाएर सांसदको निवेदनअनुसारको काम गर्न रेडियो नेपालका कार्यकारी निर्देशकलाई निर्देशन दिएका छन् ।

त्यसपछि तीनजनाको नियूक्ती भएको र तीनजनालाई निष्काशन भएको थियो । सोही घटनापछि नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका संगठनहरुले आन्दोलन गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ