arrow

वीरगञ्जका १७ जनामा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौं । थप  १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पर्साको वीरगञ्जका  १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार  बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना  संक्रमितको संख्या ९९ पुगेको छ।  २२ जना उपचारपछि निको भएका छन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्। आजसम्म पिसिआर प्रविधिबाट परीक्षण गर्नेहरुको संख्या १४ हजारभन्दा माथि छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ