काठमाडौं । थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पर्साको वीरगञ्जका १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। २२ जना उपचारपछि निको भएका छन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्। आजसम्म पिसिआर प्रविधिबाट परीक्षण गर्नेहरुको संख्या १४ हजारभन्दा माथि छ ।