पाँचथर। कालोबजारी गरी पेट्रोल लुकाएर विक्री गर्ने एक ब्यक्ति पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ३ स्थित सुम्निमा चोकबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शेर्पा किराना पसलका छिरिङ शेर्पा रहेका छन् । सहायक प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको आपुर्ती व्यवस्था तथा अनुगमन समितिले फिदिम ३ सुम्निमा चोकबाट पक्राउ गरेको हो ।
सुम्निमा चोकमा व्यवसाय गर्दै आएका शेर्पाले पेट्रोल लुकाएर १ सय ३० रुपैंया सम्ममा विक्री गर्दै आएको गुनासो समिती मार्फत आएको थियो ।
उक्त गुनासोका आधारमा उनको पसल छापा मार्दा १ सय लिटर वढि पेट्रोल लुकाएको पाइएकाले पेट्रोल जफत गरिएको र उनलाई पक्राउ गरिएको सहायक प्रजिअ निर्मल तुम्रोकले जानकारी दिनुभयो ।
प्रमाण पुगेको खण्डमा उनलाई कालोबजारी ऐन अन्र्तगत मुद्धा दर्ता गरी कारवाही गरिने उहाँले बताउनुभयो । जिल्लामा आएको पेट्रोल अहिले पनि धेरै वटा पम्पहरुले लुकिछिपी महँगो मूल्यमा विक्री गरिरहेको गुनासो आइरहेको छ ।