arrow

कञ्चनपुरमा खाद्य अधिकारकर्मीद्वारा अनुगमन: तथ्यांक स्पष्ट नहुँदा राहत बितरण कार्य फितलो 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
anugaman2.jpg

पुनर्वास । कोभिड १९ कोरोना भाइरसका कारण जारी लकडाउनबाट प्रभावित सुमुदायको स्पष्ट तथ्यांक नहुँदा राहत बितरण कार्य फितलो बनेको  अनुगमनका क्रममा खाद्य अधिकारकर्मीको टोलिले जनाएको छ । 

नेपाल भारत सीमामा सुरक्षा प्रणाली दह्रो भए पनि बिपत ब्यबस्थापन सम्बन्धी नीति नियम निर्माणा स्थानीय तहहरुमा भएको ढिलाईका कारण राहत बितरण प्रकृयामा समस्या देखिएको अनुगमनमा सहभागी फियान नेपालका प्रकाश नेगीले बताए । सोमबार कञ्चनपुरको पुनर्वास अनुगमनमा पुगेको खाद्य अधिकारकर्मीहरुको टोलीले सीमाका समस्या , राहत बितरण प्रणाली , धान खेती गर्न किसानका समस्याहरुबारे स्थानीय तहमा भइ रहेका पहलहरुका बारेमा अनुगमन गरिएको थियो । 

जिल्लाको पुनर्वासमा धानखेतीका लागि किसानहरुलाई  सुबिधा दिने तयारी राम्रो नदेखिएको अनुगमन टोलिले जनाएको छ । कञ्चनपुरको नेपाल-भारत सीमावर्ती बेल्डाँडी गाउँ पालिका , बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा खाद्य अधिकारकर्मी र पत्रकारहरुको टोलीले सोमबार अनुगमन गरेको थियो । 

खाद्य अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था फियान नेपालको संयोजनमा संयोजक मुकुन्द राना , प्रकाश नेगी , जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरका संयोजक कोमल निरञ्जन  ,मानव अधिकार सञ्जालका नरेश सिलाल , खाद्य अधिकार सञ्जाल सुदुरपश्चिम प्रदेश संयोजक अर्जुन शाह र पत्रकारहरुको टोलिले अनुगमन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ