सांसद खड्का र कार्कीद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण
गोपाल पोखरेल,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
977
Shares
उदयपुर। उदयपुरका संघीय सांसद डा नारायण खड्का र प्रदेश सांसद हिमाल कार्कीले शुक्रबार कोरोना भाइरसको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री उदयपुरका प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य कार्यालयलाई हस्तातरण गरेका छन् ।
सांसद खड्का र कार्कीले प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी मार्फत डिस्पोजेवल पिपिई २० थान, एन ९५ मास्क २५ थान, १ सय वटा सेनिटाइजर, सर्जिकल मास्क १ हजार थान र सर्जिकल ग्लोब्स ३ सय थान जिल्ला स्वास्थ्य कार्यालय उदयपुरलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका सामग्री त्रियुगा नगरपालिका र चोैदण्डीगढी नगरपालिकाका स्वास्थ्य संस्थामा प्रयोग हुने प्रदेश सांसद हिमाल कार्कीले बताए।
हस्तान्तरण कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीलगाएत उपस्थित थिए।