arrow

बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
Rukum_District.png

रोल्पा। त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन्। गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका  थिए। 

उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष  कविराज बुढाले जानकारी दिए। मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको उनले जानकारी दिए।

घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिए। घटना भएको प्रहरीले पुष्टी गरेको छ।

घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए। के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उहाँले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ