arrow

स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्दै काभ्रे कांग्रेस

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
95641519_1094393670959220_1.jpg

बनेपा । नेपाली कांग्रेस काभ्रेले जिल्लाका सबै स्थानीय निकायलाई स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ ।

कांग्रेस केन्द्रिय सदस्य शिबप्रसाद हुमागाईंको अगुवाईमा स्थानीय सरकार प्रमुखहरुलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र मास्क वितरण गरिएको छ ।
 
संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका स्थानीय तहहरु मार्फत स्वास्थ्यकर्मीहरुलाई पीपीई र माक्स वितरण गरिरहेको काभ्रे कांग्रेसले जनाएको छ । 

पार्टीको ट्रेड युनियन बिभागका केन्द्रीय संयोजक समेत रहेका हुमागाईको नेतृत्वमा रहेको टोलिले पीपीइ मास्क लगायत स्वास्थ्य सामग्री  बिभिन्न गाउँ तथा नगर प्रमुख हरुलाइ उपलब्ध गराइएको हो ।

केन्द्रिय सदस्य हुमागाईंको समुहमा  संबिधान सभा सदस्य तिर्थ लामा प्रदेश सभा उमेद्वार सुन्दरमणि आचार्य काभ्रे कांग्रेसका सचिव दिनेश लामा क्षेत्रिय सभापति रमेश हुमागाईं सचिब गुणराज मोक्तान लगायत छन् ।

समुहले मंगलबार पाँचखाल नगर प्रमुख महेश खरेल, मण्डन देउपुर नगर प्रमुख टोकबहादुर वाईबा, भुम्लु गाउँपालिका प्रमुख गुमानध्वज कुँवर र चौरी गाउँपालिका प्रमुख दिनानाथ गौतमलाई सामाग्री हस्तान्तरण गरेको हो । 

बुधबार धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा र पनौती नगरपालिका प्रमुख भिम न्यौपानेलाइ समेत स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रिय सदस्य हुमागाईंले बताए ।

उनका अनुसार जिल्ला स्थित १३ ओटै स्थानीय तहका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरणको तयारी रहेको छ । जिल्लाका बिकट मानिएका खानीखोला तथा महाभारतसम्म पुग्ने उनीहरुको योजना छ ।

बिपत र महामारीका बेला राजनीतिक आस्था र सिद्दान्तलाइ बिर्सेर एकले अर्कालाइ मद्दत गर्न र सामाजिक सद्भाव कायम होस् भनेर आफुहरु सानो मायाको चिनो लिएर स्थानीय प्रमुखलाइ भेट्न पुगेको हुमागाईंले बताए ।

संसारभरि अभाव भैरहेको बेला यति सामग्री पर्याप्त नभए पनि स्थानीय तहसंग अन्तर्किया गरि स्थलगत अध्ययनको काम भएको संबिधान सभा सदस्य तिर्थ लामाले बताए । लामाले तत्काल नमोबुद्द नगरपालिका सहित तेमाल र रोशी गाउँपालिकामा स्वास्थ्य सामग्री लिएर जादै गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ