arrow

अज्ञात रोगले मरे १७ बंगुर

logo
रासस,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
pig.jpg

रुकुमपूर्व। अज्ञात रोगको कारण रुकुम(पूर्व)मा एक किसानले पालेका १७ बंगुर आज मरेका छन्। भूमे गाउँपालिकामा वडा नम्बर २ का ढोटे पुनको शुभकामना बहुउद्देश्यीय कृषि फर्ममा पालिएका बंगुर मरेका हुन्। बंगुरलाई दाना खुवाएर पुन फर्मदेखि १५ मिनेट टाढा घर फर्किएलगत्तै मर्न थालेपछि स्थानीयवासीले उनलाई खबर गरेका थिए। बिहान १० देखि ११ बजेको बीच ती पशु मरेको उनले बताए। मुखबाट फीँज आएको केही समयमै बंगुर मरेको पुनको भनाइ छ।

त्यसबाट एक लाख ३० हजार बराबरको क्षति भएको फर्मका संचालन पुनले बताए। फर्ममा रहेका बंगुर मर्न थालेपछि भूमे गाउँपालिकाबाट पशु शाखाको टोली फर्ममा पुगेको थियो। उक्त टोलीले अन्य सात बंगुरलाई भने सुई लगाएर बचाउन सफल भएको छ। बंगुर फुड प्वाइजनको समस्या भएर मरेको हुन सक्ने पशुशाखा प्राविधिक भूपेन्द्र शाहीले बताए। मरेका ती बंगुर गाडिएको छ। पुनले ६ महिनाअघि दाङबाट तीन महिनाका बंगुरका पाठा लिएर पाल्न शुरु गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ