काठमाडौ। आगामी आर्थिक वर्षको बजेटमा श्रमजीवीकामदारहरूको समयसापेक्ष तलव बृद्धि गर्न माग गर्दै संयुक्त ट्रेड युनियन केन्द्रले अर्थमन्त्री विष्ण पौडेललाई ज्ञापन पत्र बुझाएको छ। विभिन्न ट्«ड युनियनहरूबीच एकीकरण भएर स्थापना भएको केन्द्रका अध्यक्ष खिलानाथ दाहालको नेतृत्वमा गएको केन्द्रका पदाधिकारीहरूको टोलीले बिहीबार अर्थमन्त्री पौडेललाई भेटेर संविधान निर्माणपछि आउनलागेको पहिलो बजेटले श्रमजीवीको मन दुखाउन नहुने सुझाव दिएका थिए।
टोलीले आउँदै गरेको विश्व् श्रमिक दिवस पछि राज्यका श्रमिकसँग सम्बन्धित विभिन्न निकायलाई सुझाव सहितकोसुझाव पत्र दिने तयारी रहेको भएपनि बजेटको विषयमा भने अहिले नै सुझाव पेश गरीएको अध्यक्ष दाहालले जानकारी दिए। उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यसै वर्षदेखि सुरू हुने गरी कार्यक्रम अधि सार्न पनि सरकारसँग आग्रह गरेको छ। भेटका क्रममा अर्थमन्त्री विष्णप्रसाद पौडेलले श्रमजीवी कामदारहरूको हक र हितको लागि आफू प्रतिवद्ध रहेको भन्दै केन्द्रको माघलाई अधिकभन्दा अधिक समेट्ने कोशिष गर्ने प्रतिवद्धता जनाईएको पनि अध्यक्ष दाहालले जानकारी दिए।
भेटपछि केन्द्रले सार्वजनिक गरेको प्रेस विज्ञप्तीः–