रुखबाट लडेकी महिलाको हेलिकोप्टरबाट उद्धार, जिल्लामा अर्थोपेडिक डाक्टरको अभाव
दयाराम पण्डित,
प्रकाशित २०७७ वैशाख १३ शनिबार
524
Shares
बाजुरा। रुखबाट लडेर मेरुदण्ड भाच्चिएकि एक महिलाको थप उपचारका लागि हेलीकोप्टरवाट उद्धार गरी काठमाण्डौं पठाइएको छ । बडीमालिका नगरपालिका ८ बस्ने ३५ बर्षिया ढाड भांचेकी धनमति रावललाई सनिवार आज बिहान नेपाली सेनाको एन ए ० ५५ नंको हेलिकप्टरले उद्धार गरी सुर्खेत हुँर्द काठमाण्डौं पुर्याएको नेपाली सेना समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले जानकारी दिएका छन्। मार्तडीबाट सुर्खेत हेलिकप्टरमा र सुर्खेतवाट प्लेन चर्टर गरी काठमाण्डौं पठाइएको हो ।
उपचारका लागि जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी धनमति रावललाई काठमाडौ रिफर गरेको भएपनि आर्थिक समस्याले अस्पतालको बेडमा छट्पटाएकी थिइन् । उनका श्रीमान शेर बहादुर रावल , वडाअध्यक्ष प्रकास रावल , पत्रकारमहांसँघ बाजुराका अध्यक्ष प्रकाश शिंह लगायतका सथानीयले सम्बद्ध निकायमा अनुरोध गरेका थिए । बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको पहलमा गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलीकप्टर प्रयोग गरेको हो । घाइते रावलको काठमाण्डौं स्थित ट्रमासेन्टरमा उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरेको छ । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माका अनुसार ति महिलाको मेरुदण्ड भाच्चिएकोले अस्पतालमा उपचार हुन नसक्ने बताएका छन् । उनलाई थप उपचारका लागि काठमाडौ लग्नु पर्ने बिकले वताएका थिए ।
धनमति परिवारको आर्थिक अबस्था निकै कमजोर भएकाले उपचार गर्नमा समस्या भएको हुनाले राज्यको सहयोगको अपेक्षा गरेको बताइएको छ । अस्पतालले रिफर गर्यो तर उपचारका लागि काठमाण्डु पठाउनु पर्ने भएकोले प्रमुख जिल्ला अधिकारी नयौपानेको समन्वयमा घाइतेको थप उद्धार भएको वडा अध्यक्ष प्रकाश रावलले बताउनुभएको छ । आफुले उचार सहयोगस्वरुप ५ हजार रुपै)या र छिमेकीवाट सय-पचास चन्दा संकलन गरेर आर्थिक सहयोग जुटाएर काठमाण्डौं पठाएको वडा अध्यक्ष रावलले बताए।
यद्येपी काठमाण्डौंमा पुर्याएपनि त्यहाँ उपचार गर्न उनिहरुको आर्थिक अभाव भएको वताएका छन् । धनमतिका श्रीमान शेर बहादुर रावलले भने मेरुदण्ड भाच्चिएर हलचल गर्न नसक्ने अबस्थामा चिकित्सले काठमाडौ उपचार गर्न भनेको छ, तर आर्थिक अबस्था निकै कमजोर रहेको उनले वताएका छन् ।
एकहप्ता अगाडी पनि एक वालक लडेर घाइते हुदा उनलाई पनि हेलीकप्टरबाट उद्धार गरी नेपालगञ्ज पठाइएको थियो । बिडम्बना !उनको ज्यान बचाउन सकिएन। बाजुरामा पछिल्लो समयमा सुत्केरी , रुख तथा भीरपाखाबाट लडेका महिला तथा वालवालिकको उद्धार हेलीकप्टरवाट गरिदै आएको छ। यद्येपी जिल्लामा अर्थोपेडिक र आकस्मकि प्रसुती सेवा (सियस) केश हेर्ने डाक्टर भए हेलिकोप्टर चार्टर गर्नु नपर्ने स्वास्थ्यकर्मीको भनाइछ । विगत वर्ष निक्साइमन्ड ईन्स्च्युटको सहयोगमा बाजुरा पठाइएका एमडिजिपी डाकटर दुर्गा महर्जन फर्किएपछि बाजुरामा सियस केस र हाडजोर्नीको सल्यक्रिया हुदैनन् । तसर्थ विरामीलाई जिल्ला वाहिर पठाउनुको विकल्प नभएको स्थानीयको गुनासो छ ।