arrow

क्वारेनटाइनमा बसेकी महिलामाथि करणी प्रयास, आरोपित युवक पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
arrest-final.jpeg

जनकपुरधाम। धनुषामा क्वारेन्टाइनमा बसेकी एक महिलामाथि करणी प्रयासको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा जिल्ला विदेह नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा विगत एक हप्तादेखि रहेकी २२ वर्षीया महिलामाथि गएराती करणीको प्रयास भएको घटना सार्वजनिक भएको हो।

गएराती करिब ११ बजेको समयमा क्वारेन्टाइनमा सोही नगरपालिका वडा नम्बर ५ की ति महिलामाथि  एकजना २८ वर्षीय सफाइ कर्मचारी संजिव पासवानले करणी प्रयास गरेको महिलाले आरोप लगाइएकी छिन्।

बलात्कारको प्रयास गर्दा महिला चिच्याएर हल्ला गरेपछि त्यहाँ हल्लाखल्ला मच्चिएको थिए। सो सन्दर्भमा विदेह नगरपालिकाका मेयर बेचन दासले महिलाले लगाएको आरोप निराधार रहेको जानकारी दिए।

मेयर दासले भने ति महिलासँगै अर्को महिला पनि उनकै कोठामा रहेको र उनीसँग घटनाको सम्बन्धमा बुझ्दा महिलाले लगाएको आरोप गलत रहेका बताएका हुन् ।

मेयर दासका अनुसार आरोपित युवक त्यही गाउँको रहेको तथा उनले घटना घटाएको भए राती नै त्यहाँबाट फरार पनि हुनसक्थे तर उस्ले त्यस्तो केहि नगरेको मेयर दासले बताए ।

ती महिला करिब एक हप्ता पहिला भारतबाट गाउँ आएकी हुन् र आफुहरुले नै क्वारेन्टाईनमा बस्न लगाएको मेयर दासले बताए ।

त्यस्तै महिलाको उजुरीको आधारमा प्रहरी चौकी तिनकौरियाले आरोपित युवकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ