arrow

सुन्दर बजार सिमकोटलाई गिज्याउदै भन्छ काली चोक, कहिले सम्म बोक्ने फोहोरको भारी

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
humla-simkot-garbage.jpg

हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको मुटु मानिने काली चोकले अहिले सिमकोटका नागरिकहरुलार्ई गिज्याई रहेको छ । विहानै देखि भिडभाड हुने कालीचोकमा अहिले बन्दाबन्दीका कारण फोहोरको थुप्प्रो लागेको छ ।

चोकमै ल्याएर ढलको पानी छाडिएको छ, चोकमै फोहोरको थुपारिएको छ । सबैको आवतजावत गर्ने मुख्य भएकाले हरेक नागरिकको आँखा त्यहि जान्छ । उल्टै चोकले हिड्ने बटुवालाई गिज्याएको जस्तो भान हुन्छ ।

एकातीर काली चोकमा थुपारिएको फोहोर डुङडुङती गन्हाउँछ भने अर्को तिर अव्यबस्थित ढल, चोकमा जाने जो कोहीले लज्जास्पद महसुस हुन्छ भन्छन ।

सदरमुकाम सिमकोटको मुटु नै हरेक नागरिकलाई गिज्याई रहँदा स्थानिय सरोकारवाला निकाय भने मौन रहेको स्थानिय नागरिकहरु बताउँछन् । लामो समयदेखि जिर्ण रहेको चोकको पुननिर्माण नगर्दा सिमकोटवासीलाई लज्जास्पद बोध भएको काली चोकमै पसल ब्यबसाय गर्दै आएका स्थानिय ब्यबसायि कमल बोहोराले बताए ।  यो चोकमा फोहोर थुप्रिने मात्र होईन बिगत लामो समय देखि ब्यबस्थित रुपमा ढल निर्माण हुन नसक्दा सबै ठाउबाट बगेर आएको फोहोर पानी खुला रुपमा बगेका कारण चोक दुर्गन्धित भएको बोहोराले गुनासो गरे । चौकको नाममा फोहोरी राजनीति दलगत स्वार्थका लागि हदै सम्मको राजनिती गररे यसको परिणाम यस्तो अवस्था भएको हो । सिमकोटको मुटु मानिने काली चोक त केवल प्रतिनिधि पात्र मात्र हो सिमकोट बजार भित्र रहेका हरेक चोक र गल्लिको अवस्था उस्तै छ भन्छन अर्का ब्यबसायि सुनमती सिंह ।

सिमकोट गाउँपालिका झण्डै अन्य कर्मचारी भन्दा कार्यालय सहयोगीको संख्या बढी छन । तर कार्यालय सहयोगि धेरै भएपनि बजार क्षेत्र फोहोरै फोहर छ । बजार क्षेत्रको फोहोर समयमै व्यवस्थापन हुनुपर्ने स्थानीयको माग छ । यता  सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा भन्छन  डम्पीङ साइजमा ट्रक्याटर जान अप्ठायारो भएकोले ढिला भएको हो । भोलिबाट फोहर व्यस्थापन हुन्छ पानी परेर बाटोमा खोल्सा खाल्सी भएपछि ट्रक्याटरलाई जान अप्ठयारो भएर ढिलो भएको उनले बताए ।, फोहोर समयमै व्यवस्थापन भएन भने सिमकोट बजारमै महामारी नफैलिएला भन्न सकिन् । यस विषयमा सरोकारवाला निकायाहरुले बेलामै चासो देखाउन आवश्यक छ । 

गाउँपालिकाले यसको व्यस्थापन समयमै नगर्दा सुन्दर बजारमा फोहोरै फोहोरले दुषित बनेको छ । सिमकोट बजारका मुख्यचौक,र बजार क्षेत्रमा व्यवस्थापन नगरेपछि दैनिक बजारका चोकहरुमा फोहोर थुप्रिने गरेको छ । काली चोकमा मात्र लोकतन्त्र चोक, काटेचुली, मुग्राह, एकताचोक लगायतका चोक र बजार क्षेत्रका नालाहरु फोहोरै फोहोरले भरिएका छन । तर सिमकोट गाउँपालिकाले समयमै फोहोर व्यवस्थापनमा ध्यान नदिदा बजारमा दैनिक फोहोर थुप्रिने गरेको स्थानीयहरुको गुनासो छ ।

फोहोर मैला व्यवस्थापनका लागि अध्ययन अवलोकन आदीका नाममा अहिले सम्म कति खर्च भयो कुनै हिसाब किताब छैन् । बजार फोहोरले दुर्गन्धित हुदा सम्म पनि सरोकावाला निकायले कुनै चासो नदेखाउँदा स्थानीय आक्रोशित भएका छन । स्वस्छ, सफा र सुन्दर सिमकोट बनाउन सबै आ-आफ्नो ठाउबाट लाग्न जरुरी छ । संधै पालिका वा सरोकावाला निकायको भर पर्नु भन्दा सबैले आ आफ्नो क्षेत्र, आँगन र ठाउँ आफैले सफा गर्‍यौं भने सदरमुकाम सिमकोट सधै स्वच्छ, सफा र सुन्दर हुनेछ । यसका लागि सिमकोटबासि एकजुट भएर लाग्नु जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ