arrow

दाइलाई भारतमा कोरोना संक्रमण भाइ नेपालमा, गाउँ पुर्णरुपमा सिल

logo
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
corona-rdt-test.jpg

बर्दिया। बर्दियाको सिमासँग जोडिएको भारतमा कोरोना पोजेटिभ देखिएका एक नेपाली बर्दियाको रहको जानकारी प्राप्त भएको छ । कोरोना संक्रमण देखिएका नेपाली बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका निवासी हुन्  ।

ठाकुरबाबा नगरपालिका निवासी रहेका उनको भारतको वहराईजमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि पोजेटिभ देखिएका सो व्याक्तिको गाउँ सिल गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताएका छन् ।

दाई-भाई नै विगत केही वर्ष देखि घर नआएको र घर फर्किने क्रममा लकडाउन भयका कारण दाई चाहिँ भारतकै क्वारेन्टाइनमा वस्दै अएका थिए । तर  उनी संगै भारतमा काम गर्न गएका उनका भाइ भने २०७६ चैत्र ९ गते घर फर्केका हुनाले उनको आज स्वाव र RDT परिक्षण गरिने भएको छ ।

रिपोर्ट नआउन्जेल सम्मका लागि ठाकुरबाबा न पा २ सुजनपुर र खुलपुर गाउँलाई पुर्ण रूपमा सिल गरिएको र आज स्वाव परिक्षणका लागि नेपालगञ्ज पठाउने तयारि भई रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ