दाइलाई भारतमा कोरोना संक्रमण भाइ नेपालमा, गाउँ पुर्णरुपमा सिल
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
480
Shares
बर्दिया। बर्दियाको सिमासँग जोडिएको भारतमा कोरोना पोजेटिभ देखिएका एक नेपाली बर्दियाको रहको जानकारी प्राप्त भएको छ । कोरोना संक्रमण देखिएका नेपाली बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका निवासी हुन् ।
ठाकुरबाबा नगरपालिका निवासी रहेका उनको भारतको वहराईजमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि पोजेटिभ देखिएका सो व्याक्तिको गाउँ सिल गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताएका छन् ।
दाई-भाई नै विगत केही वर्ष देखि घर नआएको र घर फर्किने क्रममा लकडाउन भयका कारण दाई चाहिँ भारतकै क्वारेन्टाइनमा वस्दै अएका थिए । तर उनी संगै भारतमा काम गर्न गएका उनका भाइ भने २०७६ चैत्र ९ गते घर फर्केका हुनाले उनको आज स्वाव र RDT परिक्षण गरिने भएको छ ।
रिपोर्ट नआउन्जेल सम्मका लागि ठाकुरबाबा न पा २ सुजनपुर र खुलपुर गाउँलाई पुर्ण रूपमा सिल गरिएको र आज स्वाव परिक्षणका लागि नेपालगञ्ज पठाउने तयारि भई रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।