arrow

लकडाउनमा रोक लगाइएको ट्रकसहित २७५ बोरा प्याज, आलु र चामल नियन्त्रणमा

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
lockdown-ktm1.jpg

तनहुँ । व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ ।  

व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित  खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । 

सामान ल्याउन प्रयोग गरिएको ग१क ३५१२ नम्बर ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । 

कोरोना भाइरस (कोभिड–१९) लाई ध्यानमा राखी नगरपालिकाले केही दिनअघिदेखि नै भारतबाट कुनै पनि सामान आयातमा रोक लगाएको थियो । 

भारतको सीमाबाट उक्त सामान लुकाइछिपाई ल्याएको थाहा भएपछि नगरपालिकाको सक्रियतामा पसल बन्द गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ