बेलवारी। मोरङको बेलबारीस्थित बजार अनुगमनका क्रममा एउटा खाद्य उद्योग र एउटा किराना पसल कार्वाहिमा परेका छन । बिहिबार गरीएको बजार अनुगमनमा ति दुईलाई कार्वाही गरिएको हो ।
बिन्दावासिनि खाध्य उद्योग र प्रदिप स्टोरमा खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु तथा साना उद्योग ,बेलवारी उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, बेलबारी नगरपालिका लागयतका संघ सस्थाहरुले अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा केहि म्याद गुज्रीएका खाद्य सामग्री पसलमा भेटिएपछि प्रदिप स्टोरलाई २० हजार जरिवाना गरीएको घरेलु तथा साना उद्योग कार्यालय मोरङका गोकुल केसिले बताए ।
त्यस्तै बिन्दावासिनि खाद्य उद्योगले ब्याच नम्बर प्रयोग नगरी चामल बिक्रि गरेको पाइएपछि बिक्रि गर्न तत्काललाई रोक लगाइएको बेलवारी नगरपालीकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताईन् ।
लकडाउन अवधीमा कुनै पनि उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्ने उदेश्यका साथ मुल्यमा बेलवारी नगरपालीका, इलाका प्रहरी कार्यलय र बेलवारी उद्योग वाणिज्य संघको केहि दिनअघि संयुक्त रुपमा भएको बजार अनुगमन बाट निम्न दैनिक उपभोग्य खाद्य वस्तुको मुल्यमा एकरुपता ल्याएको छ । अनुगमनका क्रममा बेलवारीका सबै पसलमा उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै मुल्य सुचि टाँसेर राखेको पाईएको छ ।