काठमाडौं। नेपाली कांग्रेस क्षेत्र नम्बर ७ अन्तर्गत पर्ने नागार्जुन नगरपालिका वडा नम्बर १ इकाई समितिले बुधवार वडामा बसोबास गर्ने एक सय ३० परिवारलाई राहत हस्तान्तरण गरिएको छ।
नेपाली कांग्रेस काठमाडौंका नेता सबिन तामाङका अनुसार राहत हस्तान्तरण कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, वडा अध्यक्ष रामचन्द्र लामा, वडा सदस्य रामेश्वर लामा,कांग्रेस स्थानिय नेताहरु दीपक सिम्खडा,कृष्ण प्रसाद सोति,बलराम लामा लगायतका उपस्थित थिए।
इकाईले वितरण गरेको राहतमा प्रत्येक परिवारलाई चामल २० केजीको १ बोरा, दाल दुई केजी, नुन १ केजी, तेल १ लिटर, मसला, साबुन लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गरेको हो।