सरकारले बेमौसमी अध्यादेश जारी गर्नु अलोकतान्त्रिक चरित्र – लोकतान्त्रिक अपाङ्ग संघ
प्रकाशित २०७७ वैशाख १० बुधबार
595
Shares
काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले केपी शर्मा ओली नेतृत्वको सरकारले बेमौसमी अध्यादेश जारी गरेर धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएको छ ।
‘एकलब्य दुष्टिकोणबाट यो महामारीमा जुध्नुपर्ने अवस्थामा संविधानको मर्म र भावना विपरीत ल्याइएका यी अध्यादेशहरु राजनैतिक बेइमानी बाहेक अन्य केही हुन सक्दैन’ संघका अध्यक्ष भोजराज श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
वली नेतृत्वको सरकारले सत्तालिप्सा र आफ्नो अभिष्ट पुरा गर्न संबैधानिक परिषदमा विपक्षी दलको नेता सदस्य रहने ब्यवस्था हटाएको तथा राजनैतिक दल सम्बन्धी ऐनमा राजनीतिक दलले केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको ब्यवस्था हटाई कुनै एकमा ४० प्रतिशत हुने गरी दल विभाजनलाई सहज हुने गरी अध्यादेश जारी गर्नु लोकतान्त्रिक चरित्र नहुने संघको ठम्याई रहेको छ ।
साथै उसले अध्यादेश फिर्ता लिन जोडदार माग समेत गरेको छ ।
यस्तो छ विज्ञप्ति–
प्रेस बिज्ञप्ती
देश कोरोना कहरको महामारीबाट दिनप्रतिदिन आक्रान्त पारिरहेको अवस्थामा केपी ओली नेतृत्वको सरकारले बेमौसमी अध्यादेश जारी गरेर धमिलो पानीमा माछा मार्न खोजेको छ । एकलब्बे दृष्टीकोणबाट यो महामारीमा जुद्धुपर्ने अवस्थामा संबिधानको मर्म र भावना बिपरित ल्याइएका यी अध्यादेशहरु राजनैतिक बेमानी बाहेक अन्य केही हुन सक्दैन भन्ने राष्ट्रीय लोकतान्त्रीक अपाङ्ग संघको ठम्याई रहेको छ । देश लकडाउनको चपेटामा ४ हप्ता भन्दा बढी समय देखि गुज्रीरहेको अवस्थामा अपाड्गता भएका ब्यक्ति सहित बिपन्न तथा मजदुर परिवारहरुको दैनिकी कष्टकर बनेको छ । वली नेतृत्वको सरकारले सत्तालिप्सा र आफ्नो अभिष्ट पुरा गर्न संबैधानिक परिषदमा बिपक्षी दलको नेता सदस्य रहने ब्यवस्था हटाएको तथा राजनैतिक दल सम्बन्धी ऐनमा राजनीतिक दलले केन्द्रीय समिति र संसदीय दलको ४० ५ सदस्यको ब्यवस्था हटाई कुनै एकमा ४० ५ हुने गरी दल बिभाजनलाई सहज हुने गरी अध्यादेश जारी गर्नु लोकतान्त्रिक चरित्र हुन सक्दैन् । यस्तो विषम परिस्थितिमा कोरोना कहरसंग एकताबद्ध भएर जनताको जिउधनको संरक्षण गर्नु पर्ने बेलामा लोकतन्त्रको घाँटी निमोठ्नुको साथै अधिनायकवाद तर्फ अग्रसर हुन कुटिल चाल चालेको अनुभुति भएकोले यस कदमको राष्ट्रीय लोकतान्त्रीक अपाङ्ग संघ घोर भर्त्सना र कडा बिरोध गर्दछ । नेपाल कम्युनिष्ट पार्टीको प्रचुर बहुमत हुंदाहुंदै निरंकुसता सांध्ने र नेपाली जनताको संघर्षद्वारा प्राप्त उपलब्धीलाई तहसनहस पार्दै आफू अनुकुल पार्ने प्रपन्च हामीलाई स्वीकार्य छैन् । यस्तो गैर लोकतान्त्रीक कदमको बिरोध गर्दै अध्यादेश फिर्ता लिन प्रधानमन्त्री वलीसग जोडदार माग गर्दछौ ।
भोजराज श्रेष्ठ
अध्यक्ष
राष्ट्रिय लोकतान्त्रीक अपाङ संघ
२०७७ बैसाख ९