सोमबार आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याई स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको खजुरी हेल्थ पोस्टका इन्चार्ज अयोधीप्रसाद साहले जानकारी दिए ।
वडाध्यक्ष गत चैत २२ मा बिहार राज्यको मधुवनीबाट फर्किएका थिए । स्थानीयवासीको दवाबपछि प्रहरीले उनलाई चैत २४ गते खजुरीस्थित क्वारेन्टाइनमा राखेको थियो ।