arrow

भुल्केमा जमातीको सम्पर्कमा आएका थप ११मा कोरोना, संक्रमितको संख्या ४२ पुग्यो

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
udayapur-jamati-corona.gif

काठमाडौं। नेपालमा कोभिड-१९ भएको विरामीको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले उदयपुरका ११ जना नयाँ संक्रमित सहित देशभर कोरोना संक्रमितको संख्या ४२ पुगेको जनाएका हुन्। 

हाल पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र अर्की उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको अधिकारीले बताए। 

उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केको मस्जिदमा शंकास्पदहरुको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेका छन्।

तिनै मस्जिदमा फेला परेका १२ जना जमातीहरुको संम्पर्कमा रहेका २६० जनाको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको थियो भने २० जनाको हाल परिक्षण भैरहेको छ।

अन्य थप ६९ जनाको परिक्षणको लागि बिराटनगरस्थित कोशी अस्पतालमा सोमबार नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएको थियो।

सो नतिजा आएपछि थप परिक्षणको लागि मंगलवार नै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परिक्षण गर्दा थप पुष्टी भएको हो। 

संक्रमितहरुलाई बिराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ