उदयपुर त्रियुगा ३ भुल्के मस्जिद आसपासका थप ८ जनामा कोरोना संक्रमण
कोरोना हटस्पटको रुपमा घोषणा गरि सील गर्न माग
विश्व तामाङ,
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
449
Shares
मोरङ। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जीद आसपासका थप ८ जनामा कोरोना संक्रमण भएको पाइएको छ। विराटनगरमा ल्याइएको स्वाब परिक्षणका क्रममा उनीहरुमा कोरोना संकमरण भेटिएको हो।
कोशी अस्पताल स्रोतका अनुसार उदयपुरका ६९ जनाको परिक्षणका क्रममा थप ८ जनामा पोजेटीभ देखिएको हो। यद्यपी स्वास्थ्य मन्त्रालयबाट यसको औपचारिक पुष्टी गर्न बाँकी छ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जीदमा एक महिना अघि आईपुगेका १२ भारतीय र चार विराटनगरका सहित १६ जनाको पिसिआर परिक्षणमा १२ जनामा कोरोना पोजेटीभ देखिएको थियो। पोजेटीभ आएकाहरुलाई मस्जिदबाटै अस्पताल लगिएको थियो।
जमातीहरुको सम्पर्कमा आएका सोहि गाउँका थप मानिसको परिक्षणका क्रममा ८ जनाको कोरोना पोजेटिभ आएपछि गाउँ नै सलबन्दी गर्नुपर्ने माग जिल्लाका अन्य नागरिकहरुले गरेका छन्। प्रसासनले सो गाउँलाई कोरोना हटस्पटको रुपमा घोषणा गरि सील गर्न ढीलाई गर्न नहुने माग पनि उठेको छ।
उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ भारतीय जमाती सहित १६ जनालाई विराटनगरस्थित कोरोना अस्पतालको आईसोलेसनमा राखिएको छ । उदयपुरको केसको अनुसन्धान र कन्ट्याक ट्रेसिङ भइरहेको बेला यो नयाँ तथ्य आएको हो।
उदयपुरमा शनिबार गएको टोलीले शङ्कास्पद ६७ जनाको आरटी पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरेको थियो । आइतबार सिसिएमसीमार्फत नेपाली सेनाको हेलिकोप्टरले नमूना सङ्कलनको काम गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा भने उदयपुरका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए। संक्रमण देखिएका ३३ बर्षिय ति व्यक्ती उदयपुरमा यस अघि संक्रमण देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। उनको कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पोजिटीभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो।
उदयपुरमा संक्रमित जमातीहरुको सम्पर्कमा आएका थप ८ जनामा पीसीआर परीक्षणमा संक्रमण पोजेटीभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच पठाइएको अस्पताल स्रोतले जनाएको छ।