दुई अध्यादेशबारे अर्जुन नरसिंह केसी भन्छन् –विनाश काले विपरीत बुद्धि
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
561
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले राष्ट्र कोरोना भाइरससंगको महायुद्धमा रहेका बेलामा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दुई अध्यादेशलाई ‘विनाश काले विपरीत बुद्धि’ भनेका छन् ।
उनले कोरोनाको महायुद्धको समयमा सम्पूर्ण शक्तिमा एकता स्थापित गर्नुको सट्टा विभाजन, अस्थिरता र अविश्वासको सिर्जना गर्नुलाई विनाश काले विपरीत बुद्धिको संज्ञा दिएका हुन् ।
नेता केसीले दुई अध्यादेश विश्वासको सिर्जना र संवैधानिक परिषदमाथिको हमला तथा आन्तरिक पार्टी तह लगाउने नियतसंगै संकटकाल र राष्ट्रपति शासनसम्म जाने तयारी त होइन ? भनी प्रश्न गरेका छन् ।
ओलीले सरकारमा भएका केही मन्त्रीलाई बाहेक सबैलाई अचम्ममा पार्ने गरी सोमबार दुई अध्यादेश ल्याएका हुन् ।
सजिलै पार्टी फुटाउन पाउने र संवैधानिक निकायमा विपक्षी दलका प्रतिनिधि नभए पनि फरक नपर्ने गरी ल्याइएका अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल जारी गरेकी थिइन् ।