काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउने वैधता गुमाएको बताएका छन्। सरकारले २ अध्यादेश जारी गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे धारणा राख्दै नेता थापाले प्रधानमन्त्रीले सरकार चलाउने वैधानिकता राखेपनि वैधता भने गुमाएको जिकिर गरेका हुन्।
प्रधानमन्त्रीलाई संवोधन गर्दै थापाले टवीटमा भनेका छन्, 'महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईँको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ।संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै। संकटको यो घडीमा तपाईँको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईँसँग रहला,वैधता भने अब रहँदैन।'
. @PM_Nepalमहासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईँको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ।संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै।संकटको यो घडीमा तपाईँको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईँसँग रहला,वैधता भने अब रहँदैन।