राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
संवैधानिक परिषद् सम्वन्धी अध्यादेश पनि जारी
रासस,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
902
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गरेकी छिन्। राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ जारी गरेकी हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गरेको उल्लेख छ।
राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ दल फुटाउन संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था अन्त्य गरि एक ठाउँमा ४० प्रतिशत पुर्याए हुने व्यवस्था गरिएको छ।
संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेशमा प्रमुख प्रतिपक्षी दलकव नेताको अनुपस्थितिमा पनि परिषदको वैठक बस्ने लगायतका प्रावधान थपिएको छ। शक्ति सन्तुलको सिद्धान्तलाई मध्यनजर गर्दै संवैधानिक परिषदमा प्रतिपक्षी दलको नेतालाई अनिवार्य गरिएको थियो। दुई तीहाई निकट सरकारले त्यहाँ प्रतिपक्षीको पनि वाधा महसुस गरि त्यसलाई संसोधन गरेको बुझिएको छ।
यसलाई राजनीतिक वृत्तमा प्रतिगामी कदमको रुपमा पनि व्याख्या हुन थालेको छ।