arrow

२६ हजार नगरबासीलाई स्वास्थ्य सामग्री वितरण 

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७७ वैशाख ६ शनिबार
mugu-corona-relief.jpg

मुगु। आफ्नो नगर क्षेत्रमा कोरना भाईरस सक्रमण रोकथाम तथा नियन्त्रणका लागि छाँयानाथ रारा नगरपालिकाले नगरभित्रका ५ हजार ५ सय घुरधुरीका २६ हजार घरपरिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।

छाँयानाथ रारा नगरपालिकाले आफ्नो नगर भित्रका १४ वडाका ५  हजार ५ सय घरधुरीका २६ हजार सर्बसाधरणलाई कोरनाको भाइरसको संक्रमण नफैलियोस भन्ने हेतुले प्रति ब्यक्ति सरसफाईका सामग्री सर्जिकल मास्क, हात धुने डिटोल साबुन र प्रति घरलाई १ सय एमएल हात सफा राख्ने सेनिटराईज वितरण गरेको हो।

आर्थिक बर्ष ०७६-७७ मा छाँयानाथ रारा नगरपालिकाले आफना १४ वडामा बिनियोजित गरेको कुल बजेटबाट रकमान्तरण गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकि रकम नगरपालिकाले व्यहार्ने गरि कुल १ करोड १० लाखको विपत कोष स्थापना गरेको थियो।

कोराना भाइरसको सक्रमण रोकथामका आफनो नगर भित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार परिवार र नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई पुग्ने स्वास्थ्य तथा सरसफाईका सामग्री सोहि कोषबाट खरिद नगरपालिकाले  बितरण गरेको छाँयानाथ रारा नगरपालिका स्वास्थ्य शाखाका संयोजक शिबहरी रोकायाले बताए।

विहिबार र शुक्रबार संघिय सांसद गोपाल बहादुर बम, नगरप्रमुख हरिजंग शाही र उपप्रमुख सुन्तला रोकायाले नगरका १ देखि १४ वटाहरु मै पुगेर प्रत्यर्क वडाका अध्यक्षहरुलाई स्थानिय जनताको घर घरमा वितरण गर्न जनसख्याका आधारमा सर्जिकल मास्क,डिटोल सावुन र घरधुरीको आधारमा हेल्ड सेनिटाईटर हस्तान्तरण गरेका थिए।

हस्तान्तरण गरिएका स्वास्थ्य सामगी्रहरु सबै वडाका वडा अध्यक्षहरु वडाबासीहरुको घरघरमा पुगेर सामान वितरण गरेको र यो कार्यमा बस्तीका अगुवाहरु र वडा सदस्यहरुले सहयोग गरेको वडा नं १२ का अध्यक्ष सुवाशचन्द्र बुढाले बताए। स्थानीय जनतालाई कम्तीमा ३ महिना खाना पुग्ने अन्नपात घरमा भएकाले भोक भन्दा पनि तत्काल रोगबाट नगरबासीलाई बचाउन सरसफाईका सामग्री मास्क, सेनिटाईजर र सावुन वितरण गरेको र लकडाउन लम्विएमा पहिचानका आधारमा नगरबासीलाई राहत पनि उपलब्ध गराउने वडा नं २ का वडा अध्यक्ष परेकराज चौलागाईले बताए।

संघीय सांसद गोपालबहादुर बमले बिश्वभर फैलिएको कोराना भाइरसको सक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा राहतका लागी संघीय सरकारको एक्लै प्रयासले मात्र सम्भव नभएकाले प्रदेश र स्थानिय सरकार समन्वय, साझेदारी र सहकार्यमा संघिय सरकार ७५३ वटै स्थानिय सरकारहरु मार्फत जनताको घर दैलोमा पुगेको बताए।

आधिकांस रोग सहित कोराना भाइरस पनि हामीले गर्ने सरसफाईको कमीले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले नगरपालिकले स्वास्थ्य तथा सरसफाईलाई पहिलो प्राथमिकतामा राखि जनतालाई स्वास्थ्य सामग्री वितरण गरेर रोगबाट बच्न सचेत गराएको नगर प्रमुख हरिजंग शाहीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ