काठमाडौं । संविधानसभा सदस्य एवं नेपाली कांग्रेस सुनसरीका महासमिति सदस्य शिवनारायण उरावको निधन भएको छ ।
६१ वर्षीय उरावको गत बैशाख १ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।
उरावको निधनप्रति कांग्रेसले शोक व्यक्त गरेको छ । कांग्रेस संसदीय दलले बिहीबार शोक विज्ञप्ति जारी गर्दै उरावको निधनप्रति शोक सन्तप्त परिवार तथा आफन्तजनप्रतिहार्दिक समवेदना प्रकट गरेको छ ।
उराव २०६४ सालका संविधान सभा सदस्य थिए । उनी राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि सक्रिय थिए ।