arrow

पशुपतिनाथमा भेटिए ‘मोदी’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1858908307.jpeg
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भननासाथ नेपालीले नेपालको पशुपतिनाथलाई चिन्दछन् । नेपाल भ्रमणको क्रममा पशुपतिनाथ पुगेर महंगो रकममा विशेष पुजा गरेर चर्चामा आएका मोदी बिहीबार बिहान पशुपतिनाथमै भेटिए ।

तर ती मोदी भने सक्कली मोदी थिएनन् । नेपालका चर्चित कमेडियन मनोज गजुरेल मोदीको रुप धारण गर्दै पशुपतिनाथमा क्षमा पुजा गरिरहेको अवस्थामा भेटिए ।

नेपाललाई नाकाबन्दी अपराध गरेकाले ‘पापमोचन’ गराउन विहीबार बिहान नक्कली मोदी बनेर उनी पशुपतिमा पुगेका थिए । गजुरेललाई हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यदेखि पूर्वमुख्यसचिव लीलामणि पौडेलसम्मले साथ दिएका थिए ।

‘नेपालमा भारतप्रति घृणा फैलिएकोे कुरा मलाई मानिसहरुले सुनाए, त्यस्तो कुरा ल्याउनेलाई मैले जवाफ दिउँ, जुन देशका जनतालाई हामीले नाकाबन्दीको चक्रव्यूहमा राखेका छौं, उनीहरुले हामीलाई घृणा नगरेर के प्रेम गर्छन् त रु’नक्कली मोदी गजुरेलले भने ।
तस्वीरः उज्जवल आचार्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ