arrow

काठमाडौंको सनसिटीका आमा–छोरालाई कोरोना भएको पुष्टि, बुहारीको रिपोर्ट आउन बाँकी

नेपालमा संक्रमितको संख्या १६ पुग्यो 

logo
प्रकाशित २०७७ वैशाख २ मंगलबार
suncity-apartment.gif

काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामध्ये दुई जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन जनाको स्वाब परीक्षण गरिएकामा दुई जनालाई कोरोना पोजिटिभ देखिएको हो । एक जनाको रिपोर्ट भने साँझसम्म आउने बताइएको छ । 

एकै परिवारका तीनमध्ये आमा र छोरालाई पोजेटिभ देखिँदा बुहारीलाई भने पुनः परीक्षण गरिने जनाइएको छ । 

यसअघि सोमबार उनीहरुको र्यापिड टेष्ट गर्दा तीनै जनामा पोजेटिभ देखिएको थियो । 

बेलायतबाट फर्केर काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेका  उनीहरुको र्यापिड टेस्ट पोजेटिभ देखिएपछि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । 

एकै परिवारका ८१ वर्षीया वृद्धा आमा, ५८ वर्षका छोरा र ५६ वर्षकी बुहारी भएको बताइएको छ । उनीहरु चैत ५ गते आए पनि घरमै बसिरहेका थिए । पछिल्ला दिनहरुमा उनीहरु बाहिर देखिएका थिए । छिमेकीले भनेपछि उनीहरु परीक्षणका लागि आफै गएका थिए । 

सोमबार साँझदेखि सनसिटीमा सीलबन्दी गरिएको छ । 

दुई जनामा कोरोना पोजेटिभ देखिएपछि मंगलबार दिउँसो प्रहरीले माइकिङ गर्दै कोटेश्वरदेखिकै क्षेत्रलाई सील गर्न सक्नेबारे छलफल भइरहेको बुझिएको छ । 

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । 

काठमाडौंमा कोरोनाको त्रास, बेलायतबाट आई सनसिटीमा बस्ने तीन जनाको र्‍यापिड टेष्ट पोजेटिभ 

कांग्रेस नेता रमेश रिजाल, अर्थमन्त्री खतिवडाको छोरा सहित कति परिवार बस्छन सन सीटीमा?

सनसीटीमा रहेका कांग्रेस नेता रिजाल भन्छन, ‘संक्रमितहरु बेलायतमै कोरोना पोजेटीभ भएको बल्ल थाहा भयो ’ 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ