arrow

पाँचथरमा क्वारेन्टाईनमा रहेका सवैको र्‍यापिड टेष्ट नेगेटिव

११ जनाको स्वाब परिक्षणका लागि विराटनगर पठाइयो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ वैशाख १ सोमबार
panchthar-district1.png

पाँचथर। पाँचथरमा क्वारेन्टाईनमा रहेका सवै  र्यापिड टेष्ट गरिएको छ । जिल्लाका ८ वटै स्थानिय तहका १ सय २९जनाको टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताए ।

टेष्ट गर्दा सवैको नेगेटिभ रिपोट आएको र उनीहरु सवैलाई वडा अध्यक्ष र महिला स्वयंसेविकाको रोहरबरमा घर पठाइएको उनले बताए ।

यस्तै टेष्ट गरिएका मध्ये बाटै ११ जनाको स्वाब परिक्षणको लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको आरआरटी सदस्य गुरुराज तिम्सिनाले बताए । पालिकाहरुले बनाएका पब्लिक र होम क्वारेन्टाईनमा बसेका  सवै र्‍यापिड टेष्ट गरिएको थियो ।

प्रदेश नम्बर १ सरकारले पाँचथरका लागि २ सय वटा किट पठाएको थियो । बाँकी आवश्यकता अनुसार प्रयोग गरिने जिल्ला अस्पताल पाँचथरमा स्टक राखिएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ