arrow

हेलिकप्टर मार्फत पोखरा पुर्‍याएकी बागलुङको गर्भवती महिलाको निधन

logo
थम्मन थापा,
प्रकाशित २०७७ वैशाख १ सोमबार
helicopter-rescue.jpg

बागलुङ। अधिक रक्तश्राव भएपछि हेलिकप्टरमा उद्धार गरी पोखरा पुर्‍याएकी ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भिमा पाण्डेको निधन भएको छ ।

पाठेघर भन्दा बाहिर गर्भ बसी पाढेघरको नली फुटेकाले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार हुन नसकेपछि सोमबार पाण्डेलाई गण्डकी अस्पताल पोखरा पठाईएको थियो ।

उनलाई अस्पताल पुर्‍याउदा साथ डाक्टरले मृत घोषणा गरेका हुन । साढे १ महिनाको गर्भ रहेकी पाण्डेलाई जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५’ अनुसार हेलीकप्टरबाट उद्धार गरि पोखरा लगिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ