निजामुदिन जमातबाट आएका दुई जना सुस्ता नाकाबाट पक्राउ
रबिन्द्र यादव,
प्रकाशित २०७७ वैशाख १ सोमबार
778
Shares
नवलपरासी पश्चिम। भारतबाट घुसपैठ गरि नेपाल प्रवेश गर्न लाग्दा नवलपरासी पश्चिम सुस्ताको मुख्य नाका मानिने बन्नकट्टीबाट दुई जना पक्राउ परेका छ्न् ।
पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका पकडी बस्ने बर्ष ६५ अन्बुल मिया र सोही स्थान बस्ने बर्ष ६५ को सलामन मिया रहेका छ्न् ।
भारतको दिल्लीमा भएको निजामुदिन तबलिगी जमातको सभामा भाग लिएका उनीहरु लकडाउनको अवज्ञा गर्दै रातको समयमा महाराजगन्ज जिल्ला करमिसवा गाउँहुँदै सुस्ता गाउँपालिकाको मुख्य नाका नथइनगर भइ नेपाल प्रवेश गर्न लाग्दा दुई जना तबलिगी जमातका जमातीहरु पक्राउ परेका हुन्।
कोरोनाको संक्रमण फैलन सक्ने भन्दै निजामुद्धिनको जमातमा भाग लिएका जमातीहरुलाई आफू जहाँ भएपनि प्रहरीलाई खबर गर्न भनिएपनि पहिचान लुकाएर बसेको आरोप लाग्दै आएको छ। यहि क्रममा केहि जमाती बिरगञ्जमा कोरोना संक्रमित पाइएका छन्। अहिले नेपाल र भारत दुबैतिर सबैलाई घरमा बस्न भनिएको छ भने हिडडुलमा प्रतिबन्ध छ।
दुवै जना भारतको करमिसवा हुँदै नेपाल आउदै गर्दा भारतीय सुरक्षाकर्मीले केही सोधपुछ नगरी नेपाल पठाउन लाग्दा नेपालतर्फ खटिएका नेपाली सुरक्षाकर्मी र सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादवको नेतृत्व टोलीले उनीहरुलाई नेपाल भारतको सिमामा नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीहरुलाई बुझाएको सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादवले बताए ।