arrow

बैशाख १ मा मात्र फुल्ने यो फूल 

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
sahalesh.jpg

सिरहा । यो फूल चानचुने हैन । वर्षको एक दिनमात्र फुल्छ । त्यो पनि विक्रम सम्बतको पहिलो दिन । त्यसैले यो फूल खास छ । 

सिरहाको लहानदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित फुलबारीमा सयौं फूल छन् । तीमध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ । 

यो फूल पनि विशेष आकारको छ । माला आकारको । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवको रुपमा मनाउने गरिन्छ ।

मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा सलहेश र दौना मालिनको प्रेम प्रतिकको रुपमा लिइन्छ । 

भनिन्छ दौना मालिन सलहेशलाई हृदयदेखि मन पराए पनि विशेष गर्न नपाउँदा प्रत्येक वर्ष उनको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रुखमा फूलको माला भएर देखापर्ने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ