पाल्पाका क्वारेन्टाइनमा रहेका ४४ जनाको रिपोर्ट ‘नेगेटिभ'
रामचन्द्र रायमाझी,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
422
Shares
पाल्पा।जिल्लाका विभिन्न क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरुको कोरोना परीक्षणका लागि र्यापिड डायग्नोष्टिक टेष्टपछि सबैको कोरोना नेगेटिभ भएको पाइएको छ ।
क्वारेन्टाईनमा १४ दिन पुगेकालार्ई र्यापिड डायग्नोष्टिक टेष्टपछि ४४ जनाको कोरोना निगेटिभ देखिएको हो । १४ दिन पुगेका पूर्वखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २१ जना, रामपुर नगरपालिकाको क्वारेन्टाइनमा बसेका ९ जना, रैनादेवी छहरा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ११ जना र रिब्दीकोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३ जनाको द्रुत गतिमा कोरोना संक्रमण परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
शुक्रबार बिहानैदेखि जिल्लाको पूर्व र पश्चिममा जिल्ला स्वास्थ्य कार्यालय, युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुको टोलीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।