बझाङमा कोरोनाबाट बच्न सचेतना कार्यक्रम साथै सामाग्री वितरण
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
1.4k
Shares
बझाङ। विश्व भर फैलिरहेको नोवेल कोरोना भाईरसवाट वच्न र सावधानी अपनाउन ग्रामिण भेगका सर्वसाधारणहरुलाई सचेतना तथा सरसफाई सामाग्री वितरण गरिएको छ । खप्तड छान्ना गाउँपालिकाको वडा नं. ७ का गाउँ वस्तीमा सचेतना कार्यक्रम गरिएको छ,भने वित्थड चिर गाउँपालिकाको देउलेख वजारमा सरसफाई सामाग्रीहरु वितरण गरिएको हो ।
विश्व खाद्य कार्यक्रमको आर्थक सहयोगमा आई डि एस नेपाल नामक संस्थाको पहलमा कोरोना भाईरसवाट वच्न मास्क सावुन र पानी राख्ने ड्रम सहित विभिन्न जतनेतनामुलक पोष्टरहरुसहित ग्रामिण वस्तीमा सचेतना कार्यक्रम गरिएको छ ।
एकिकृत विकास समाज नेपालका जिल्ला संयोजक रमानन्द जोशी सहित अन्य संस्थाका कर्मचारी सहित स्थानिय जनप्रतिनिधिहरुको सहभागितामा गाउँ वस्तीमा कोरोनाका लक्षणहरुबाट बच्न र अपनाउनुपर्ने सावधानीहरु सहित सरसफाई सामाग्री वितरण गरेको थियो ।
गाउँमा कोरोना भाइरसको वारेमा जानकारी नभएका सर्वसाधारण नागरिकहरुलाई होसियार र सुरक्षित हुन जानकारी दिएको थियो । खप्तड छान्ना गाउँपालिका ७ नं.का वडा अध्यक्ष राम वहादुर सिंहले कोरोना भाईरसको माहामारी वाट वच्न र वचाउन स्थानिय तहवाट हामिहरुले पनी केहि सचेतना गर्दै आएका थिया,ै थप यहाँ सञ्चालित आई डि एस संस्थाका कर्मचारी आएर पनी टोल वस्तीमा जनचेतना जगाउँदा अफ प्रभावकारीे भएको वताए ।
संस्थावाट सात नं.वडा गडरायको विणा, लामागडा, गोरखाली,धर्तिवाडा,पाटागाउँ,किमरुख र वेडुपाटाका टोल वस्तीमा ७ सय मास्क १ हजार वटा सावुन सहित घर दैलोमै गएर सरसफाई सम्वीन्ध जनचेतना साथै हाल फैलिरहेको कोरोना भाईरसको लक्षण सहित यस वाट वच्न सचेतना गराएको संस्थाका जिल्ला संयोजक रमानन्द जोशीले वताए । उनका अनुसार हाम्रो संस्थाले यस अगाडी पनि जिल्लामा सरसफाई सम्वन्धि सचेतना गर्दै आएकोले विश्वमा फैलिएको कोरोना भाईरस माहामारीवाट वच्न सरसफाई प्रमुख आवश्यक भएकोले हाम्रे कार्यक्षेत्र रहेको टोल वस्तीमा जनचेतना तथा केहि सरसफाई सामाग्री वितरण गरेको हो ।
उता वित्थडचिर गाउँपालिकामा पनि संस्थाले कोरोना भाईरस माहामारीलाई मध्यनजर गर्दै ९ वटा पानी थाप्ने ड्रमहरु गाउँपालिका अध्यक्ष प्रेम वोहरा लाई हस्तन्तरण गरिएको थियो । ति ड्रमहरु सिमानामा रहेको वित्थड प्रहरी चौकि सहित गाउँपालिकाले स्थापना गरेका क्वारेन्टाइन स्थलहरुमा राखिएका गाउँपालिका अध्यक्ष वोहराले वताए । आई डि एस नेपालले सञ्चालन गरेको कोरोना भाईरस रोकथाम र नियन्त्रण सचेतना अभियानमा नेपाल प्रेस युनियनका प्रतिनिधि पत्रकारहरुको पनी सहभागिता रहेको थियो । सचेतना अभियान संस्थाले चैत्र महिनाको दोस्रो साता सञ्चालन गरेको थियो । एकिकृत विकास समाज नेपाल जस्तै विभिन्न सामाजिक संघ संस्थाहरुले पनी कोरोना भाइरस रोकथाम तथा नियन्त्ररण र यसबाट बच्नका लागि गाउँघरमा सचेतना कार्यक्रम गर्दै आएका छन् ।