arrow

रुपन्देहीमा आरडिटी विधि मार्फत १० जनाको कोरोना परिक्षण, सबैको नेगेटीभ

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २७ बिहिबार
corona-test.gif

रुपन्देही । रुपन्देहीमा भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेकाहरुको र्या‍पिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी)मार्फत् कोरोना भाइरस (कोभिड१९)को परीक्षण गरिएको छ ।

सरकारले पछिल्लो समय क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधि मार्फत् कोरोना भाईरसको परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सक्रियतामा सोही नगरपालिको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका १० जनाको विहीवार परीक्षण गरिएको हो । 

दोस्रो चरणमा भारतबाट नेपाल फर्किएकाहरुमा कोरोना भाईरसको संक्रमण देखिएपछि बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई थप व्यवस्थित गर्नुपर्ने निर्णय गरेको थियो । 

आरडिटी विधि मार्फत् सम्भवत नेपालमा पहिलो पटक १० जनाको कोरोना भाईरस परिक्षण गरिएको हो। परिक्षणको नतिजा नेगेटिभ आएको तिलोत्तमा नगर स्वास्थ्य शाखाका प्रमुख अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए। 

नगर स्वास्थ्य शाखाका प्रमुख अहेव अधिकृत पौडेलका अनुसार आरडिटी कोरोना परीक्षणको रिर्पोर्ट नेगेटिभ आएकाहरुलाई क्वारेन्टाइनबाट बिदा गरिने छ। ल्याव अहेव अधिकृत गणेश गौतमले आरडिटी मार्फत् कोभिड१९ परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट देखिएमा उनीहरुको थ्रोट स्वाब परीक्षण गर्ने व्यवस्था समेत रहेको जानकारी दिए । 

यसैविच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरले प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय बाट २० वटा र्या‍पिड डाइगोनोस्टिक टेस्ट किट आरडिटी ल्याएर परीक्षण गरिएको वताए । पहिलो पटक गरिएको परीक्षण कार्यमा ल्याव टेक्निसियन कृष्ण घिमिरे र मिलन श्रेष्ठ सहभागी रहेका थिए । उनीहरु डब्लुएचओको मापदण्ड अनुसार सरकारले उपलब्ध गराएको पीपीई लगाएर परीक्षण कार्यमा सहभागी भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ