arrow

बालिका करणी आरोपमा २० वर्षे आकाश पक्राउ, १९ वर्षे अङ्कित फरार

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
Rape-Cases.jpg

कोहलपुर । बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ  । 

पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर –११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । 

उनका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा घोराही – ६ घर भई कोहलपुर, एकता नगर बस्दै आएका १९ वर्षीय अङ्कित गिरीले काम छ भन्दै मल्लका घरमा बोलाएर दुवै जनाले बलात्कार गरेको पीडितले सोमबार प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ । 

अभियुक्त गिरी भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान शुरु गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ