arrow

कोरोना कहरः परिवारको माग सम्वोधनपछि एघारौं दिनमा उठ्ने भयो थापाको शव

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २६ बुधबार
isolation-family.jpg

रुपन्देही। चैत १६ गते बुटवलको कोरोना विशेष अस्पतालको आईसोलेसन वार्डमा मृत्यु भएका पाल्पाको रिब्दीकोट गाउँपालिका कुसुमखोलाका स्थायी घर भई हाल रुपन्देहीको सैनामैनामा वस्दै आएका वावुराम थापाको शव बुधवार उठ्ने भएको छ । 

लामो प्रयास र सम्वादपछि बुधवार लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको थापको शव ११ औं दिनमा उठ्ने भएको हो । सम्वाद समुहका प्रतिनिधि विक्रम खड्का, शान्ती समाजका केन्द्य्रिय उपाध्यक्ष गोविन्द खनाल, पुर्व सांसद विनोद पहाडी र प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुर्दशन वरालविच भएको छलफलमा पिडित परिवारको माग सम्वोधन गर्ने सहमती भएपछि मृतक थापाका घरपरिवार तथा आफन्तलाई बुधवार जिम्मा लगाउने सहमती भएको सम्वाद समुहका प्रतिनिधि खड्काले जानकारी दिए ।

दुई पक्षबीच भएको छलफलमा मृतक थापाकी श्रीमतीलाई रोजगारी दिने, वालवच्चाहरुको पढाई खर्च प्रदेश नंं ५ सरकारले व्यहोर्ने र पिडित परिवारलाई नगद ८ लाख ४१ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराउने सहमती भएको हो। सहमतिपछि बुधवार साँझ ५ वजे थापाको शवलाई वुझाइने छ ।

चैत ६ गते युएईवाट नेपाल आएका थापालाई घरमा आउँदा सामान्य ज्वरो आएको उनले मुर्गियाको एक मेडिकलमा औषधि गरेर घरमा वसेका थिए। उनलाई पुनः ज्वरो आएपछि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचार गरेका थापा चैत १३ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका थिए ।

भर्ना भएको ३ दिनपछि कोरोन भाईरस (कोभिड–१९) जाँचको लागि उनको थ्रोट स्वाव परिक्षण गर्नका लागि चैत १६ गते विहान राष्ट्रिय प्रयोगशाला काठमाण्डौंस्थित टेकुमा पठाइएको भएपनि रिपोर्ट आउनुअघी नै थापाको आईसोलसन वार्डमा मृत्यु हुन पुगेको थियो ।

यस्तै मृतक थापाको थ्रोट स्वाव परिक्षणमा रिर्पोट नेगेटिभ आएपछि यता कोरोना विशेष अस्पताल बुटवलले भने उक्त रिर्पोटलाई मान्न नसकिने भन्दै बुधवारसम्म मृतक थापाकी श्रीमती रिता थापालाई समेत शब हेर्न दिएको थिएन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ