मुख्यमन्त्री राउतको निवासमा बैंकद्वारा सय थान पीपीई प्रदान
निरंजन कुमार साह,
प्रकाशित २०७६ चैत २६ बुधबार
971
Shares
जनकपुर । जनकपुरस्थित एनएमबी बैंकले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई १०० थान पिपिई प्रदान गरेको छ ।
कोरोना भाइरसको महामारीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सो बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झासहितको टोलीले आज मुख्यमन्त्री राउतलाई उनकै निवासमा सो सामग्री हस्तान्तरण गरेका हुन्।
सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा रामकेवल साहलगायतको उपस्थिति थियो ।