arrow

भारतबाट आएकालाई कोरोना संक्रमण भएपछि सहयात्रीहरुको खोजीखोजी स्वाब परीक्षण 

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
coronavirus-hamrakuras1.jpg

बलेवा । बाग्लुङको बरेङ गाउँपालिकामा भारतबाट आएका छसहित आठ जनाको कोरोना परीक्षणका लागि थ्रेट स्वाब सङ्कलन गरिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङस्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाइनमा पुगेर थ्रेट स्वाब सङ्कलन गरेको हो ।
 
नेपाल–भारत सीमाको गौरीफन्टा नाका हुँदै आएका कैलालीका एक युवामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीसँगै नेपाल छिरेका चारको परीक्षण थालिएको हो । 

उनीहरु भारतको कर्नाटकबाट धनगढी हुँदै पाल्पामा सात दिन बसेर बागलुङको बरेङ आएका थिए । बरेङ आएको दिनदेखि नै सर्बोदय माविको क्वारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रेट स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । 

  त्यस्तै भारतकै मुम्बइबाट आएका दुई जनाको पनि स्वाब सङ्कलन भएको छ । गुल्मीको शान्तिपुरसम्म उनीहरुलाई लिन पुगेका थप दुई जनाको पनि स्वाब सङ्कलन गरिएको गुरौले बताए । 

उनीहरु नयाँबजारको जनता प्राविको क्वारेन्टाइनमा बसेका छन् । मङ्गलबार सङ्कलन भएको स्वाब आज बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ