कोरोना : हेलिकप्टरमा स्वास्थ्य सामग्री लिएर धनकुटा पुगे पूर्व मन्त्री थापा
प्रकाशित २०७६ चैत २५ मंगलबार
906
Shares
धनकुटा । कोरोना भाइरसबाट फैलन नदिनका लागि धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य संस्था लगायत सामाजिक संस्थाहरुलाई सूर्य वहादुर थापा प्रतिष्ठानले आज विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।
सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री संविधान सभा सदस्य सुनिल वहादुर थापाले आज एयर डाईनेष्टिको हेलिकप्टरबाट धनकुटा जिल्लामा कोरोना भाइरस फैलन नदिई बच्नका लागि धनकुटाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य समाग्रीहरु पठाएका हुन्।
सूर्य वहादुर थापा प्रतिष्ठानबाट, आईसोलेसन एण्ड कवारेन्टाईन धनकुटा औद्योगिक ग्राम, धनकुटा अस्पताल र धनकुटा जिल्लाका विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुका लागि पीपीई ७४ थान, एम्बुलेन्स चालकका लागि २२ सेट पञ्जा २२ वाकस, सेनिर्टाजर ३० बोतल हेण्डवास ७२ थान सावुन,मास्क लगायत विभिन्न सामग्रीहरु प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री संविधान सभा सदस्य सुनिल वहादुर थापाले बताए ।
उक्त समाग्रीहरु सूर्य वहादुर थापा प्रतिष्ठानका निर्देशक मदन घिमिरेले धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विपत व्यवस्थान समिति धनकुटा जिल्ला अध्यक्ष केशव प्रसाद विमलीलाई प्रदान गरेका थिए ।
सो अवसरमा बरख गण सल्लेरी व्यारेक धनकुटाका गणपती कर्णेल भगवान सिंह थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुर्दशन प्रसाद कोईराला,सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका गूल्मपती डि एस पी सचिन कर्माचार्य, सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठ लगायत धनकुटा जिल्ला विपत व्यवस्थान समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।
सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सूनिल वहादुर थापा र नेपाल उद्योग बाणिज्य महासंघका राष्ट्रिय उपाध्यक्ष चन्द्र प्रकाश ढकालले धनकुटा उद्योग बाणिज्य संघ धनकुटालाई विभिन्न माश्क लगायत विभिन्न स्वास्थ्य समाग्रीहरु र कोरोना भाइरसबाट बच्नका लागि सुरक्षित विभिन्न समाग्रीहरु प्रदान गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।