कोरोना आशंका गरिएका पाल्पाका चारै जनाको रिपोर्ट ‘नेगेटिभ’
रामचन्द्र रायमाझी,
प्रकाशित २०७६ चैत २४ सोमबार
814
Shares
पाल्पा । जिल्लाबाट कोरोना आंशका गरिएका चार जनाको रिपोर्ट निगेटिभ आएको छ । शनिबार तीन जना र आईतबार एक जनाको कोरोनाको आशङ्कामा नमुना स्वाब परीक्षणको लागि काठमाडौं र भैरहवा पठाएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
आइतबार लुम्विनी मेडिकल कलेजमा उपचारत एक वृद्धा महिलाको स्वाब परीक्षणका लागि भैरहवा गहुँबाली अनुसन्धान केन्द्रमा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा पठाइएको थियो भने पाल्पा अस्पतालबाट एक जना र लुम्बिनी मेडिकल कलेजबाट २ जना गरी तीन जनाको स्वाब (घाँटीको खकार) परीक्षणलाई नमुना संकलन गरी शनिबार परीक्षणका लागि काठमाडौं पठाएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ (कोरोना संक्रमित नभएको) आएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिए ।
ज्वरो र रुघाखोकी लागेर उपचारमा रहेकी तिनाउ गाउँपालिकाकी ६५ वर्षिया एक वृद्ध,बगनासकाली गाउँपालिका २ पोखराथोक एक व्यक्ति र माथागढी गाउँपालिका ४ झडेवाका २ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।