arrow

प्रधानमन्त्रीज्यू भ्रष्ट, असक्षम र निकम्माहरुको टीम लिएर सम्भव छैन समृद्धी

परदेशबाट प्रधानमन्त्रीलाई खुल्ला पत्रः कोरोना कहर हुनसक्छ दुई तिहाईको अन्तिम अवसर 

logo
अनिल पौडेल 
प्रकाशित २०७६ चैत २३ आइतबार
kp-oli1.JPG

सम्माननीय  प्रधानमन्त्रीज्यू,
संसार कोरोनाको महामारीसँग जुध्दै गर्दा म पनि मध्यपुर्बी यूरोपेली देश पोल्याण्डबाट यो लेख लेख्दैछु । म एउटा सोधकर्ता र भर्खरै पोल्याण्डबाट मास्टर डिग्री सकेको बिद्यार्थी हु। म यो कोरोनाको महामारी सुरु हुनु अगाबै नै केहि यूरोपेली मुलुकहरुको भ्रमण र सोध अध्ययनको लागि बिभिन्न देश पुगेको थिए। यो करिब २० औं दिनको लकडउन हो र करिब करिब हामी सबै घर भित्र नै छौ जुन अति आबश्यक छ। मैले केहि दिनदेखि राष्ट्रिय मिडिया र सामाजिक संजालमा ठूला ठूला अनियमितताका समाचार आइरहेको देखेको छु। त्यहा रहदा मैले ती देशहरुको सामाजिक, आर्थिक र राजनीतिक बिश्लेषणका केहि सेमिनारमा भाग लिने मौका पाएको थिए। म तिनै अनुभव आज हाम्रो देश नेपालको बर्तमान अवस्थालाई चित्रण गर्न मदत्त गर्छ भन्ने लागेर साझा गर्ने प्रयास गरिरहेको छु। 

छिमेकी देशहरु कोरोनासंग निकै सघन लडाइमा छन्। जर्मनी र फ्रान्सको स्वास्थ व्यवस्था निकै राम्रो मानिन्छ र पनि उनीहरु यो लडाईमा कता कता बिराएको अनुभब विभिन्न मिडियामा सुनाइरहेका छन् । अझ तलतिर इटाली र स्पेन निकै पछुतो मानिरहेका छन्, किनकि उनीहरुले यो महामारीलाई निकै हलुका र आफ्नो स्वास्थ व्यवस्थाप्रति दम्भ देखाए जस्तो देखियो। यो निकै भयानक र क्रुर रैछ भन्ने त बल्ल शक्तिसाली देशहरुलाई भान हुदैछ। पुर्बी यूरोपेली देशहरु निकै चनाखो देखिन्छन किनकि उनीहरुलाई थाहा छ उनीहरुको स्वास्थ्य सेवाको पहुच र स्तर पश्चिमा बिकसित देशहरु भन्दा निकै फितलो छ। र अर्को कारण यो पनि होकी पुर्बी युरोप भर्खरै मात्र बिकसित देशहरुसंग प्रतिस्पर्धाको स्तरमा पुगेका छन्। मैले पश्चिमा देशका जनतामा भन्दा अलि धेरै उग्र देशप्रेम र माटो प्रतिको माया यी पुर्बी यूरोपेली देशहरुमा रहेको अनुभव गरेको छु। मैले आज यही सेरोफेरोबाट मेरो देश र माटोमा भैरहेका केहि घटनाक्रमलाई नियाल्दै केहि लेख्न जरुरी ठानेर केहि लेख्ने जमर्को गरेको छु ।

मेरो देश आज बिरामी छ । मेरो देशको प्रधानमन्त्री पनि बिरामी हुनुहुन्छ। सर्बप्रथम प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गर्छु। मानसिक रुपमा लाखौं जनता बिरामी छन् । कोरोना महामारी बल्ल प्रवेश गर्दैछ। हामीले  करिब २ महिना महत्वपूर्ण समय केहि नै गरेनौ भन्दा सायद बेठिक नहोला। हामीलाई २ महिनामा के गर्न सकिन्छ भनेर कसैले सोध्यो भने हामी मुर्ख हो किनकि हाम्रै छिमेकी ले १ हप्तामा कोरोनको लागि छुटै हस्पिटल बनायो। हामी जति धेरै स्रोत र साधनमा पछाडी छौ, उतिनै इच्छाशक्तिमा पनि। हामीले यस्ता ५ काम करिब २ महिना अघिनै गर्न सक्षम थियौ तर गरेनौ।
१, हामीले उचित समयमा नाका बन्द गरेनौ।
२, हामीले अझै पनि स्वास्थकर्मीको उचित कदर, प्रोत्साहन र सुरक्षाको ग्यारन्टी गरेनौ।
३, हाम्रो बिकास बजेट धेरै भन्दा धेरै अझै पनि खर्च हुन बाँकि छ र त्यो खर्च नहुने संभावना बढेको छ। हामीले बजेट अभाब देखाउदै न पीपीई किनेउ न अस्थाई हस्पिटल निर्माण गर्‍यौं ।
४, मेलमिलाप र संयोजन कहिँ देखिदैन। कोरोना उच्चस्तरीय समिति बिज्ञ बिहिन बनाइयो। संघ, प्रदेश र स्थानीय सरकारको तालमेल कहिँ देखिदैन।
५, हामीले १ जनामा कोरोना देखिए पछि र्‍यापीड टेस्ट र मित्र राष्ट साउथ कोरियाको फर्मुला Find test isolate treat लाई पुरै बाइपास गर्‍यौं । 

एक जना माननीय मन्त्रीज्यूको अन्तरबार्ता हेर्दै गर्दा उहाँले भन्नु भयो बाहिरबाट सजिलो देखिन्छ तर बास्तबमा काम गर्न गाह्रो हुँदोरहेछ । उहाँको त्यो स्विकारोक्तीमा सत्यता थियो। तर आज यो समय काम गर्ने समय हो मन्त्रीज्यू। सधै समय आउदैन र सधै मानिसको जीबन बचाउन सकिन्न। यो बुझ्न जरुरी थियो कि नेपाल जस्तो देशले गर्ने भनेकै पूर्व तयारी हो। हामी बिपत पछिको लागि कुनै हालतमा तयार छैनौं। त्यसो भनिरहदा किन तयार छैनौ भन्ने प्रश्न आउन सक्छ। हामी न्यून प्रति व्यक्ति आम्दानी भएको निम्न बिकसित देशको सूचीमा रहेका छौ र यो एउटा तीतो सत्य हो। हामी हिजो राजतन्त्रमा त्यही कुरा गर्दथ्यौ। हाम्रो शिक्षा र स्वास्थ्य क्षेत्र उच्चस्तरको भएन भनेरै हो क्रान्ति र आन्दोलनको बिगुल बजेको। हजारौले त्यही भएर बलिदान दिएको । खै बुझेको। त्यो रगत तिम्रो चिल्ला र महँगो सवारीको लागि मात्र थिएन महोदय । त्यो बलिदान, अरबौको हेलिकोप्टर त्यो पनि एक उच्च व्यक्तिको प्रयोगको लागि थिएन। अनि सबैभन्दा दुखद कुरा यतिखेर भइरहेको छ जतिबेला बलिदान र क्रान्तिको ज्वाला सल्काउने कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार छ।  

प्रधानमन्त्रीज्यू समस्या कहाँ छ भनेर खोज्नु जरुरी छैन, किनकि जो कोहि समस्या बोल्दिन तयार छ । समाधान कहाँ छ भनेर खोज्नुस । यो पनि निकै सजिलो छ। कही नजानुस, कही नसोध्नुस । बस २ काम गर्नुस। आजको समस्या कोरोनाको हो । तपाई राम्रोसंग काम गर्ने अवस्थामा त हुनुहुन्न तैपनि हजुरका आसपासमा रहेकाहरुको गुणस्तर जाच गर्नुस । तपाईलाई २४ घण्टा सुझाब दिने तपाइको सल्लाहकारको परिक्षण गर्नुहोस । तपाइको सचिवालयमा पूर्ण प्रतिष्पर्धामा बिज्ञ समूहबाट, बिश्वबिधालयका उत्कृस्ट प्राध्यापक र बिद्यार्थीको समूह निर्माण गर्नुस। तपाइको राष्ट्रिय बजेट फ्रीज हुन लागेको छ, त्यस्लाई प्रयोग गरेर भएपनी कोरोनाको लागि दिन रात नभनी खट्ने स्वास्थ्यकर्मीलाई उच्च सम्मानमा कुनै कमी हुन नदिनुस । फुर्सद निकालेर WHO र केहि मुलुकले अपनाएको उत्कृष्ट केहि तरिका हेर्नु र पढ्नुहोस् । हो तपाईको सरकारले निकै चुनौतीपूर्ण समयमा काम गर्ने अवसरपूर्ण पाएको छ । तपाइको सरकारले थुप्रै काण्ड र अनियमितामा सतक प्रहार गरिसकेको अवस्था सबैलाई जगजाहेर छ । फेरी यो अन्तिम मौकाले तपाइको पार्टी र सरकारले गुमाएको साख फर्काउने अवसर छ। यस्तो दिन नआओस, तपाइले गरेको बहुमतको दुरुपयोगले हजुरका लाखौं कार्यकर्ता र नेताले नेकपा पार्टीको अन्तिम सत्तारोहण तपाईकै थियो भनेर पढ्ने दिन नआओस । समयले यो २ तिहाईको दम्भ र अकर्मण्यतालाई पूराका पुरा अवसर दिएको छ । कैयौं अनियमितता र असफलतालाई चिर्न एउटा यही कोरोना कहर काफी छ । बस तपाइको दुई चार ओटा निर्णय सहि र राष्ट्र हितमा हुनु जरुरी छ । म फेरी याद दिलाउन चाहन्छु यहि टिम र यहि सचिवालयबाट भने अपेक्षित सफलता सम्भब छैन् । प्रधानमन्त्रीज्यू यो समय प्रतिष्पर्धा र क्षमताको युग हो । भ्रष्ट, असक्षम र निकम्माहरुको टिम लिएर तपाईको सुखी नेपाल समृद्ध नेपालको सपना सम्भब छैन । 

मैले कतिपय नेकपाका नेताहरुमा अझै पनि अर्को चुनावमा २ तिहाई र बहुमतको निकै आसलाग्दो सपना बोकेको देखेको छु। त्यो सम्भब छ त केवल यो कोरोना कहर जित्न सकेको खण्डमा मात्र। सायद नेकपाको बहुमत परिक्षणको यो अन्तिम मौका हुन सक्छ। चीनबाट लिएको मेडिकल सामग्री घोटालादेखि थुप्रै घोटाला यादगार छन्। तर मानब जातिकै लडाई चलेको बेलामा, यदी यो सरकार नेपाली जातीको संरक्षण गर्न सफल भयो भने कैयौं नाकामीले पनि माफी पाउन सक्छ। प्रधानमन्त्रीज्यू आगे तपाईकै मर्जी।

अनिल पौडेल 
वार्सावा, पोल्याण्ड



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ