काठमाडौं ५ का सबै वडामा कांग्रेस सहमहामन्त्री महतले बाँडे मास्क
प्रकाशित २०७६ चैत २२ शनिबार
296
Shares
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डाक्टर प्रकाश शरण महतले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण हुन नदिन आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर पाँचका सबै वडाहरुमा मास्क बितरण गरेका छन।
महतले आफ्नो ब्यक्तिगत पहलमा काठमाडौं क्षेत्र नम्बर पाँचका कांग्रेसका वडा सभापतिहरू मार्फत मास्क बितरण गरेका हुन। मास्क बितरण गर्दै कांग्रेस सहमहामन्त्री डाक्टर महतले सरकारले मास्क लागाएत कोरोना संक्रमणबाट बच्ने कुनैपनी सामाग्री बितरण नगरेकोमा दुख व्यक्त गरे।
उनले स्वास्थ्य सामाग्री तथा मेडिकल मास्कहरु तत्काल सबै जनतालाई बितरण गर्न पनि आग्रह गरे। कोरोनाबाट बच्ने समय अझै पनि रहेको भन्दै कांग्रेस सहमहामन्त्री डाक्टर महतले सरकारलाई तनमन लगाएर कोरोना रोकथाममा लाग्न आग्रह समेत गरे।