arrow

नोबल कोरोना भाइरस नेपालमा नेशनल करप्सन भाइरस हुने खतरा

सहयोग सहि ठाउँमा सदुपयोग गर्न दिव्यमणीको आग्रह

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
dibyamani-nc.gif

काठमाडौं नेपाली कांग्रेसका नेता तथा सांसद दिव्यमणी राजभण्डारीले वुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरेको कोरोना राहत कोषमा एक लाख सहयोग गरेका छन्। 

सरकारले सञ्चालन गरेको केन्द्रीय राहत कोषमा ५ लाख सहयोग गरिसकेका राजभण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने नगरपालिकाको कोषमा १ लाख सहयोग गरेका हुन्।

काठमाडौं क्षेत्र नं ४का सांसद गगन थापाले स्थानिय तहको राहत कोषमा सहयोग गर्न गरेको अपिललाई समेत दृष्टिगत गरि सहयोग गरेको राजभण्डारीले बताए। राजभण्डारीले वुढानिलकण्ठ नगरपालिकामा बस्दै आएका अन्य जनप्रतिनिधी र सहयोग गर्न सक्ने हैसियत भएकाहरुलाई नगरपालिकाको राहत कोषमा सहयोगको अपिल गरेका छ्न्I

कोरोनाका कारण भाडामा बस्नेहरुको व्यवसायमा असर परेको भन्दै उनले आफ्नो न्यूरोडस्थित व्यवसायिक कम्प्लेक्समा रहेकाहरुसँग दुई महिनाको भाडा नलिने समेत घोषणा गरेका थिए। 

कोरोना बिरुद्ध शुरुदेखिनै अभियानमा लागिपरेका राजभण्डारीले महामारीको यो अवस्थामा सत्तारुढ दल र सरकारमा रहेकाहरुले यसलाई कमाउने अवसरका रुपमा लिन नहुने बताएका छन्। 

समाजका सबै तह र तप्का कोरोना बिरुद्धको अभियानमा सरकारलाई सहयोग गरिरहेको अवस्थामा सरकारले सबै विश्वास तोड्न नहुने उनले बताए। 

सरकारका गतिविधिले केहि शंका उत्पन्न गरेको जनाउँदै उनले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचारको बिषय उठेकोले यसमा निष्पक्ष छानविन हुनुपर्ने बताए।

नोबल कोरोना भाइरस नेपालमा नेशनल करप्सन भाइरस हुने खतरातर्फ संकेत गर्दै राजभण्डारीले यसलाई नागरिक तहबाट पनि निरन्तर निगरानी जारी राख्नुपर्ने बताए।  

सांसद दिव्यमणीले आम नागरिक तथा विभिन्न संस्थाहरुले संस्थागत रुपमा गरेको सहयोग सहि ठाउँमा सदुपयोग गर्न आग्रह समेत गरे।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ