प्रहरीलाई माक्स, साबुन र ग्लोब्स सहयोग गरे बेलाटारी क्याम्पसका विद्यार्थीहरुले
रबिन्द्र यादव,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
725
Shares
नवलपरासी पश्चिम। विश्वभरी कोरोना भाइरस (कोभिड १९) को महामारी फैली रहेको बेला नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिकामा रहेको त्रिभुवन क्याम्पस बेलाटारीको बीएडमा अध्यनरत विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय बेलाटारीका सुरक्षाकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छन्।
विश्व कोरोना भाइरसको संक्रमणमा गुज्रिरहेको अवस्थामा संक्रमणबाट बच्नका लागि दिनरात जनताकै सेवामा खटिने सुरक्षाकर्मी असुरक्षित हुने भन्दै मास्क, साबुन र ग्लोब्स बितरण गरिएको विद्यार्थी नेता सोवित हलुवाई (गोलु)ले बताए।
विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुका लागी १/१ थान माक्स, साबुन ग्लब्स कार्यालयका प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेयलाई प्रदान गरेका छन्। सामाग्री बितरणमा कमल ढकाल, मिथलेस पासी, कमलेश यादव लगायतका विद्यार्थीहरुको सहभागीता रहेको थियो