भारतबाट आएका तीन जनाको कोरोना स्वाब रिपोर्ट नेगेटिभ (भिडियो)
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
395
Shares
पाँचथर। भारतबाट फर्किएका जिल्ला अस्पताल पाँचथरको आइशोलेनशन कक्षमा राखिएका तीन जना विरामीको कोरोना भाइरस स्वाव रिपोर्ट नेगेटिभ आएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिहीबार रिपोर्ट सार्वजनिक गर्दे उक्त स्वाब रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताए।
भारतबाट आएका उनीहरु फिदिम नगरपालिका ४ का २ महिला र वडा नम्बर १ का १ पुरुषको स्वाब रिपोर्ट परीक्षणका लागि गत चैत १७ गते स्वाब परीक्षणका लागि धरान पठाइएको थियो।
प्रदेश नम्बर १ मा गत चैत १६ गतेबाट धरानमा स्वाब परिक्षण हुन थालेको छ। अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण देखिएको छ। ११८४ जनाको परीक्षण गरिकामा ११७८ जनामा भने नेगेटिभ देखिएको छ।