रुपन्देही कांग्रेसको विन्ती-पार्टी कार्यालय दिन्छौं तर सिमा नाकामा नेपालीहरुको विजोग नवनाउ
नारायण वली,
प्रकाशित २०७६ चैत २० बिहिबार
612
Shares
रुपन्देही । भारतका विभिन्न ठाउँहरुमा धन कमाउन गएका नेपालीहरु यती वेला नेपाल फर्किने क्रम रोकिएको छैन् । पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वका धेरै जसो मुलुकहरु आक्रान्त वन्न पुगेका छन् ।
जसका कारण मानिस मानिस विचको सम्वन्धले उक्त कोरोना भाईरस सर्ने भएकाले अहिले सम्पुर्ण वजार क्षेत्र संगै उद्योग, कलकारखानाहरु वन्द हुन पुगेका छन् । नेपालवाट भारत तिर कमाउन गएका नेपालीहरु आफुले दैनिक काम गर्ने उद्योगहरु वन्द भएपछि खाना र वस्नको पनि समस्या भएपछि उनीहरु पैदल यात्रा गरी नेपालको सिमा नाकामा आईपुग्नेहरुको लहर चलिरहेको छ ।
यस्तै गत सोमवार भारतका विभिन्न ठाउँहरु वाट नेपाल आउनका लागि भारतिय नाका सुनौली नाका आएका झण्डै ३ सय भन्दा वढी नेपालीहरु २ दिनसम्म सिमा नाकामै दिन रात विताउँदा समेत उनीहरुको उद्धार हुन सकेन र उनीहरुलाई अन्त्यमा भारतको नौतनवामा लगेर राखियो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उद्धारका लागि माथिको आदेश नआएको भन्दै, यद्यपी जिल्लाले उद्धार गर्दा त्यती धेरै संख्यामा रहेका मानिसहरुलाई राख्ने कुनै व्यवस्था नभएकाले १४ दिन भारतको नौतनवामा वस्न आग्रह गर्दै त्यसपछि नेपाल ल्याईने वताएको थियो ।
तर यसैविच भारतको नौतनवामा राखिएका नेपालहरुलाई राख्नलाई क्वारेन्टाईनको लागि आफ्नो पार्टी कार्यालय दिन सिंगो पार्टी तयार रहेको वताउँदै, नेपाली कांग्रेस रुपन्देहीले नेपाल तथा भारतिय सीमा नाकामा अलपत्र परेकाहरुलाई नेपाल ल्याउन प्रदेश तथा संघिय सरकार संग माग गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र सचिव रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भारतीय सीमा नाकाहरुमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न माग गरिएको छ । साथै विज्ञप्तीमा भनिएको छ, सरकारले चीनमा रहेका नेपालीहरुलाई विमान चाटर्र गरेर ल्याउन मिल्ने तर नेपाल स्थित भारतिय सीमा नाकामा आएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न किन नदिएको हो ? लोकतन्त्रमा सरकारद्वारा यस्तो प्रकृतिको विभेद नीति किन भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।